-->
६६ यात्रु बाेकेर काठमाण्डाै उडेकाे बुद्ध एयर अाकासमै बिग्रिएपछि........

विराटनगर । झापाको भद्रपुरबाट काठमाडौंँका लागि उडेको बुद्ध एयरको विमान आज १२ः४८ बजे यहाँको विमानस्थलमा आकस्मिक अवतरण गरियो ।
उक्त विमानको बायाँ तर्फको इन्जिन तातिएर इन्डिकेटरले गडबडीको सङ्केत गरेपछि विराटनगर विमानस्थलमा सुरक्षित अवतरण गरिएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंहले जानकारी दिनुभयो ।
सो विमानमा चालक दलका चार सदस्य र दुईजना १० वर्ष मुनिका बालकसमेत गरी ६६ जना सवार थिए । विमान मर्मतका लागि काठमाडौँंबाट प्राविधिक टोली आइरहेको बुद्ध एयरको विराटनगर कार्यालयले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.