बैशाख ४, कीर्तिपुर ।
आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पहिलो जित दर्ता गरेको छ । यसअघिका चार खेल गुमाएको नेपालले आज नामिबियालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७ ओभर १ वलमा ५ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा शरद भेषावकर र बिनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे । छैठौं विकेटका लागि दुवैले नटआउट ८४ रनको साझेदारी गरे । भेषावकरले ५० र भण्डारीले ४० रनको योगदान गरे । सातौं ब्याट्सम्यानका रुपमा क्रिजमा आएका भण्डारीले ४९ वलको सामना गर्दै तीन छक्का र एक चौका प्रहार गरे । यस्तै भेषावकरले ९९ वलको सामना गर्दै दुई चौकाको मद्दतमा अर्धसतक प्रहार गरे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...