-->
देवरको प्रेममा डुबेकी महिलाले आफ्नै हातबाट…

एजेन्सी । भनिन्छ पति र पत्नीको सम्बन्धमा संसारकै सबैभन्दा बढी विश्वासले भरिएको हुन्छ ।
तर, रुपनगरकी एक महिलाले देवरको प्रेममा यति अन्धो भएन की उनले आफ्नो सुहागलाई आफ्नै हातबाट उजाडेकी छिन् ।
रुपनगरका एसएसपी विरेन्द्रपाल सिंहका अनुसार झल्लिया कला गाउँ निवासी राजेन्द्र सिंहको शव गाउँ मनसूहा बुधकी नदीको पुलको नजिकै रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । मृतका पिता गुरमेल सिंहको वयानका आधारमा प्रहरीले मुद्दा दर्ता गरि छानविन अगाडि बढाएको थियो ।
हत्याको ४८ घण्टाभित्र ट्रेसआउट गरेर प्रहरीले तीन आरोपी मृतककी श्रीमती रेखा, केनू पुत्र जेजा र दर्शन सिंह पुत्र जीत सिंहलाई पक्राउ गरेको थियो भने घटनास्थलबाट मोटरसाइकल र हतियार बरामद गरेको थियो ।
समाचार अनुसार हत्या रेखाको देवर केनूसँगको नाजायज सम्बन्धका कारण भएको थियो ।
मृतककी श्रीमती रेखाले योजना नै बनाएर आफ्ना पति मृतक राजेन्द्र सिंहलाई मलाई सञ्चो छैन् भन्दै औषधि लिन रुपनगर पठाएकी थिइन् । जहाँ बुधकी नदी नजिकै पुग्दा पहिले नै रचिएको षडयन्त्रअनुसार भाई केनू र उनका काका दर्शन सिंहले छुरा प्रहार गरेर राजेन्द्रको हत्या गरिदिए ।
पक्राउ परेका तीनै जनालाई हत्या मुद्दो दोषी ठहर गर्दै जेल सजायँ भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.