-->
ब्बजुरामा हावाहुरीले विद्यालयको छानो उडाएपछी

बाजुरा ११ बैशाख । बडिमालिका नगरपालिका वडा नं. ९ र जातोलीमा रहेको ज्ञानोदय माद्यमिक बिद्यालयको सात कोठे भवनको शनिबार बेलुका चलेको अत्याधिक हावाहुरीका कारण बिद्यालयको छाना उडाएको बताएको छ ।

बिद्यालयको आर्थिक अभावका कारण भवन पक्की छैन जस्तापाताले छाएका थियो त्यो पनी उडायो प्रधानाध्यापक धनलाल पाध्यायले बताए । बिद्यालयको छाना उडाएपछि अब बिद्यार्थीहरुलाई कहाँ राखेर बढाउने भन्ने चिन्ता रहेको शिक्षक प्रेमलाल पाध्यायले गुनासो गरे । गत बैशाखमा गएको भूकम्पले सोहि भवन भत्काइदियो बिद्यार्थीहरुलाई खुला चौरमा राखेर पढाउनुपर्ने बाध्यता भयो अहिले पनि यस्तै बिपत्ति आइपर्यो बिद्यार्थीहरु नै असुरक्षित हुने भए बिद्यालय ब्यबस्थापन समितिका सदस्य धनकृष्ण पाध्यायले बताए ।

बिद्यालयसंग आन्तररिक श्रोत नै छैन अभिभावकले उठाएको रकमले निजी शिक्षक पाल्नु परेको छ भवन नै हुरीले लगेपछि थप समस्या आएको अभिभावक दयाराम पाध्यायले गुनासो गरेका छन ।

हावा हुरीका कारण बिद्यालयको छाना उडायो भन्ने मुचुल्का गरिपाउ भनी जिल्ला प्रहरी कार्यालय बाजुरामा लिखित निबेदन आएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले बताएका छन ।

क्षतीको बिबरण लिन प्रहरी टोली आइतबार मात्र त्यस तर्फ जाने बोगटीले बताए । बर्षेनी ज्ञानोदय माविले दैबिक प्रकोपबाट हुने समस्याको सामना गर्दै आएको बताएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.