-->
सुनको भाउ बढ्यो !!

बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै सुन आज ५४ हजार १ रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारको भाउमा स्थिर रहँदै सुन मंगलबार ५३ हजार ८ सय कायम भएको थियो भने बुधबार ३ सयले बढेर ५४ हजार १ सय पुगेको हो ।
त्यस्तै बुधवार तेजावी सुनप्रतितोला ५३ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको छ । डलरको भाउको कारण नेपाली बजारमा सुनको भाउमा असर परेको हो । त्यस्तै चाँदीको भाउ पनि बुधवार ५ रुपैयाँले बढेर ७ सय १० रुपैयाँ कायम भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.