चितवन–मेडिकल शिक्षामा सेतो खोलभित्र कालो धन्दा भएको भन्दै चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
मेडिकल कलेज सञ्चालकहरुले मेडिकल शिक्षालाई बस्तुको मोलमोलाई गरे जसरी आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गरेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
चितवन मेडिकल कजेजका सञ्चालक डा हरिस चन्द्र न्यौपानेले मेडिकल शिक्षाको नाममा गरिवका छोराछोरीलाई लुटने धन्दा चलाएको बिद्यार्थीहरुले आरोप लगाएका छन् । विद्यार्थीहरुले आज विरोध स्वरुप मेडिकल कलेजकै परिसरबाट ¥यालीको आयोजना गरि चौबिस कोठी हुंदै जिल्ला शिक्षा कार्यालय चितवनमा पुगेर जिल्ल शिक्षा अधिकारी लाई ज्ञापन पत्र बुझाएका हुन् । चिकित्सकिय पोशाकमै ¥यालीमा सहभागी भएका विद्यार्थीहरुले कलेज प्रशासन विरुद्ध नाराबाजी समेत गरेका थिए ।
कलेज प्रशासनले मनोमानी ढंगले शुल्क बृद्धि गरेको बिद्यार्थीहरुलाई कारखानाका मजदुर सरह ब्यवहार गर्ने र बिभिन्न सुल्कको नाममा अभिभावकहरुलाई लुटने काम गरेको बिद्यार्थीको आरोप छ ।
उनीहरुले चिकित्सा क्षेत्रको दलालीकरण र माफीयाकरण अन्यत्य हुनुपर्ने, ईन्सटलमेन्ट वापतको फाईन लिन नपाउने र ईन्सटलमेन्ट आई ओ एमले तोकेकै रकम हुनु पर्ने,बढि रकम फिता पाउनु पर्ने , ईन्टरनेट सुबिधा सहज रुपमा पाउनु पर्ने , चितवन मेडिकल कलेजमा अध्यानरत बिद्यार्थीको निसुल्क उपचारको ब्यवस्था हुनु पर्ने, बिजुली, पानी, कक्षा कोठा, यातायात , ईन्टरनेट र लाइब्रेरीको उचित प्रयोग गर्न पाउनु पर्ने, पटक पटक होस्टेल फि बढाउन नपाउने, बिद्यार्थीको सुल्क शिक्षा मन्त्रालयले तोकेको अनुरुपनै हुनु पर्ने र बिद्यार्थीको सुल्क पारदर्शी गर्नु पर्ने लगायतका १० बुदे मागहरु राखेका छन् ।
आफुहरुको मागको सुनुवाई नभए चितवन मेडिकल कलेजको अवस्था दयानिय हुने अखिल क्रान्तिकारी राष्ट्यि स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी मुल ईकाई समिति चितवन मेडिकल कलेजका अध्यक्ष प्रकाश चन्द्रलेले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...