-->
सरकारले सबै वेस्यालय बन्द गर्ने भए पछि यौनकर्मीहरु चिन्तित

एजेन्सी , फागुण ३० । ईन्डोनेशिया चीन र भारत पछि सबै भन्दा ठूलो जनसंख्या भएको मुलुक हो । एशियाली यस देशमा एक अर्ब हाराहारीमा जनसंख्या पुगिसकेको छ ।
ईस्लामिक देश भए पनि यहा राजधानी जकार्ता सहितका शहरहरुमा बेस्यावृति ठूलो व्यवशायको रुपमा फष्टाईरहेको छ ।
शहरका प्राय गल्लीहरुमा बेस्यालयहरु विभिन्न नाममा खोलिएका छन् ।
राजधानी जकार्ताको कालीजोडा जिल्लामा रहेको वेस्यालयहरुमा प्रहरीले छापा मारी कार्बाही गरेको छ ।
त्यसै गरी सुरवाया शहरमा दक्षिण पूर्वी एशियाकै ठूलो वेस्यालय रहेको छ , जहा पनि सरकारले कार्बाही गरेको छ । केही अखडाहरु तोडिए पछि चिन्तित यौनकर्मी र व्यवशायीले यस व्यवशायको नया नया तरीका अपनाउन थालेको बताईन्छ । सामान्य मजदुर देखि धनाढ्य र विदेशीहरुका लागि सुविधा सम्पन्न तरीकाबाट यौन सेवा प्रदान हुने गरेको बताईन्छ । कालीजोडोमा रहेको पार्कमा ठूलो मात्रामा बेस्यावृति हुने गरेको छ ।
सरकारले सन् २०१९ सम्ममा सबै बेस्यालय बन्द गराउने रणनीति अनुसार कार्बाही गरे पछि यसमा संलग्नहरुले विरोध गर्दै आएका छन् ।
ईन्डोनेशियामा सन् १९७० बाट बेस्यावृति फष्टाएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.