काठमाडौं–मेरो लागि नामिबियाविरुद्व दुवै खेल अत्यन्तै महत्वपूर्ण थिए । पहिलोपटक मैले राष्ट्रिय टोलीमा स्थान पाएको थिएँ । म यो अवसरको सदुपयोग गर्न चाहन्थे । टिममा सिनियर दाईहरु पनि मलाई अवसर सदुपयोग गर्न र कन्फिडेन्स बढाएर बलिङ गर्न भन्दै आउनुभएको थियो ।
मेरा लागि खुसीको कुरा हो, दुवै खेलमा मैले राम्रो गर्न सकें । आफ्नो खेल मात्र बारे भन्दा पनि मैले जुन अनुभव पाएँ, त्यो सबैभन्दा महत्वपूर्ण सावित भयो । सिनियर दाईहरुले मबाट जे अपेक्षा गर्नुभएको थियो, त्यसलाई पूरा गर्ने म तयामा थिएँ ।
यही तयारीमा धेरै सिक्ने मौका पनि पाएँ । यस्तो मौका सम्भवतः जीवनकै लागि टर्निङ पोइन्ट सावित हुन्छ । मेरा लागि पनि त्यस्तै हुन सक्छ ।
आजको खेलमा मैले २ विकेट लिएँ । त्यो मेरो मात्र विकेट थिएन । पूरै टिमको सपोर्ट नभएको भए म ती विकेट लिन सक्ने थिइँन । त्यसमाथि पारस दाईले मलाई बारम्बार सम्झाइराख्नुभएको थियो । मैले बलिङ गर्दा पारस दाई पोइन्टमा हुनुहुन्थ्यो । अन्यत्र हुँदा पनि उहाँ आउनुहुन्थ्यो । र यस्तो बल फाल सन्दिप भन्नुहुन्थ्यो । म मानसिक रुपमा तयार हुन पनि पारस दाईले फिल्डमै धेरै सहयोग गर्नुभयो । उहाँको मात्र होइन, अन्य दाईहरुले पनि मलाई यसो गर, उसो गर, भन्नुहुन्थ्यो ।
सबैको चाहना थियो–सन्दिपले राम्रो खेलोस् र टिमका लागि योगदान् गरोस् । मैले पनि आफूले सकेको गरें । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...