वैशाख ६ – भारतको ओडिशामा बस पल्टिँदा २५ जनाको ज्यान गएको छ । ११ जना गम्भीर घाइते भएका छन् । ओडिशाको बरगाढ रेमताबाट देवगढका लागि छुटेको बस तिलेबानी गेलोहाटमा दुर्घटनामा परेको स्थानीय प्रहरीले जनाएको छ । बस सडकबाट २५० फिट तल खसेको हो । घना जंगलमा बस पल्टिएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार रहेका अनुमान गरिएको छ । आठ जनालाई सकुशल उद्दार गरिएको छ । घम्तीमा बस मोड्ने क्रममा दुर्घटना भएको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...