चैत २९ – इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरी खेलपछि भावुक बनेका छन् । लिग अन्तर्गत आइतबार राति
सन्डरल्याण्डलाई २–० ले हराएपछि लिसेस्टर सिटीको उपाधि जित्ने सम्भावना थप बलियो भएको हो । यो खेलपछिको पत्रकार सम्मेलनमा लिसेस्टरका प्रशिक्षक रानिएरी भावुक रुपमा प्रस्तुत भएका थिए । जितले खुसी उनको आँखमा आँसु भरिएको थियो । लिसेस्टरबाट समर्थक आएको र यसले आफूलाई निकै उत्साह र भावुक बनाएको उनले बताए । जेमी भर्डीको दुई गोलको मद्दतमा सन्डरल्याण्डलाई हराएको लिसेस्टर लिगका पाँच खेल बाँकी हुँदा दोस्रो स्थानको टोटनह्याम भन्दा सात अंकले अघि छ । आफ्नो टिमले जित निकालेपछि उनी आँखा भरी आँसु पार्दै मैदानबाट बाहिरिएका थिए । लिसेस्टरबाट धेरै वृद्ध महिला पनि खेल हेर्न आएका र त्यसले आफूलाई निकै भावुक बनाएको उनले बताए । उनले सबै समर्थकलाई धन्यवाद भन्दै साथ र सहयोगको लागि आग्रह गरे । भर्डीको गोल उत्कृष्ट रहेको र उनकै राम्रो प्रदर्शनका कारण टिम अघि बढ्न सफल भएको प्रशिक्षक रानिएरीको भनाई छ । आफ्ना समर्थकले सपना देख्न छोड्न नहुने र आफूहरुले मेहनत गर्न छोड्न नहुने रानिएरीले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...