-->
वक्षस्थलमा पुरुषको तेस्रो नजर, पहिलो र दोस्रो नजर कहाँ पर्ला ?

एजेन्सी। कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलो पटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? यस्तो प्रश्न गरियो भने धेरैको उत्तर हुनसक्छ वक्षस्थल ।
तर त्यो धारणलाई एक अध्ययनले भने झुटो सावित गरिदिएको छ ।एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्ने जनाएको छ । पहिलो नजर महिलाको आँखामा लगाई सकेपछि पुरुषले त्यसपछि महिलाको मुख अर्थात मुस्कानमा नजर लगाउने पनि उक्त अध्ययनले जनाएको छ ।
पुरुषले महिलाको आँखा र मुस्कान भन्दा पछि मात्र वक्षस्थलमा वा कम्मर भन्दा तल नजर लगाउने उक्त अध्ययनले प्रस्ट्याएको छ ।
डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए । त्यस्तै बेलायती संस्था ड्रपले १ हजार पुरुष र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.