-->
कुहिएको चाउचाउ र चनाबाट दालमोठ

चैत, काठमाडौं । तपाईं दालमोठ खानुहुन्छ ? त्यसको शुद्धता र गुणस्तरीयताबारे विश्वस्त हुनुहुन्छ भने मात्रै प्रयोग गर्नुहोला । किनभने काठमाडौंका केही उद्योगले कीरा परेको चना र दाल तथा ढुसी परेको चाउचाउबाट दालमोठ बनाउने गरेको भेटिएकाे छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौ जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी र प्रहरीले शनिबार काठमाडौको एउटा दालमोठ उद्योगमा गरेको अनुगमनबाट चाउचाउ उद्योगहरुले फाल्नका लागि राखेको अखाद्य चाउचाउलाई प्रशोधन गरेर दालमोठ बनाउने गरिएको तथ्य खुलेको हो ।
काठमाडौको गौरीघाटसँगैको कुमारीगालमा उपहार दालमोठ उद्योगमा दालमोठ बनाउन प्रयोग गरिने सबै खाद्यवस्तु अखाद्य भेटिएका छन् ।
दालमोठ बनाउन प्रयोग गरिने मुख्य चना र दालमा किरा किरा भेटिएको छ । अनुगमनका क्रममा उद्योगको गोदाममा फोहोर मिश्रित ढुसी परेका चाउचाउका बोरा तथा ढलजस्तो देखिने अखद्य तेल फेला परेको छ ।
उद्योगमा सबै वस्तु अखद्य भेटेपछि उद्योगीले दालमोठका रुपममा उपभोक्तालाई विष बेचिरहेको प्रमाणित भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
उद्योगले कीरा परेका दाल र ढुसी परेका चाउचाउलाई लेदोजस्तो तेलमा भुटेर दालमोेठ बनाउने गरेको पाइएकाो छ । ति दालमोठ उपहार र ओबेद नाममा बजारमा दालमोठ पठाउने गरेको पाइयो । अनुगमन टोलीले उद्योगमा सील गरेको छ ।
अखाद्य वस्तु बजारमा पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको प्रमाणित भएपनि प्रशासनले उद्योग सञ्चालक सुनिल केशरीलाई नियन्त्रणमा भने लिएन।
जिल्ला प्रशासन कार्यालयले उद्योग सञ्चालक केशरीलाई आइतबार बयानका लागि बोलाएको छ । केशरीले उपहार दालमोठ उद्योग सञ्चालन गरेको तीन वर्ष भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.