काठमाडौं: विशेष अदालतले दिएको आदेश अटेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा रहेका पत्रकार कनकमणि दीक्षितसँग वकिललाई भेट्न रोक लगाएको छ ।
हाल प्रहरीको सुरक्षाबीच वीर अस्पतालको आईसीयूमा उपचाररत उनलाई सोमबार भेट्न पुगेका वरिष्ठ अधिवक्ता शम्भु थापालाई प्रहरीले रोकेको हो ।
दीक्षितलाई दस दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशसँगै विशेष अदालतले उनका कानुन व्यवसायीलाई भेटघाट गर्न दिन आइतबार आदेश दिएको थियो ।
दीक्षितको मुद्दामा परामर्शका लागि वीर अस्पताल पुगेका थापालाई त्यहाँ सुरक्षारत प्रहरीले अख्तियारको आदेशमा दीक्षितसँग भेट गर्न नदिएका हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...