-->
पत्नी आरजुलाई फेरि पनि छाडेनन देउवाले, दिल्ली उड्दै

काठमाडौं, २४ चैत । पछिल्ला दिन दृश्यमा उति धेरै नदेखिएको मात्र हो, तर संविधानसँगै सरकारका मामिलामा भारतीय चासो काठमाडौंमा तीव्र भएको छ ।
दिल्लीमै राखेर नेपाली नेताहरुलाई संविधानमा आफ्ना सरोकारबारे सकेसम्म सहमत गराउने, नसके पनि ओली सरकारको विकल्प तयार पार्ने कुरालाई मुख्य एजेण्डा बनाइएको स्रोतले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा आज हुने संसदीय दलको चुनाव लगत्तै दिल्ली जाँदैछन् ।
आजको निर्वाचनमा उनको पल्लाभारी छ । हिजो पारिवारिक स्रोतसँग देउवाको दिल्ली यात्राबारे सोेध्दा स्वास्थ्य उपचारका नाममा पत्नी आरजुसँग दिल्ली जाने कार्यक्रम तय भएको छ । देउवाले यसअघि संविधान निर्माण हुनअघि पनि दिल्ली भ्रमणका क्रममा आरजुलाई सँगै लगेका थिए ।
तर शेरबहादुरको दिल्ली भ्रमणको टुंगो लाग्नुअघि भारतीय पक्षले सत्तासाझेदारीका किम्यान प्रचण्डसँग कुरा गरेको थियो । प्रचण्डलाई कुरा गर्ने तहमा पुर्याउनै भारतीय पक्षलाई मुस्किल पर्यो ।
उनले शुरुमा नेपालको राजनीतिमा बढ्दो भारतीय चासोको बचाव गर्न आफूलाई निम्तो गरिएको खुलस्तै बताए । तर प्रधानमन्त्रीको चीन भ्रमणपछि भने प्रचण्ड र भारतीय पक्षबीच केही गम्भिर छलफल भएका छन् ।
उनले आफू पहिला भारत जाने कुरा अस्वीकार गरे । सल्लाह दिए, पहिला शेरबहादुरजीलाई बोलाउनुस्, उहाँ गएपछि म जाऔँला ।
उनैले दिएको तरिकाअनुसार जब शेरबहादुर दिल्ली उड्छन तब नेपालमा सरकार परिवर्तनबारे एउटा तरंग मच्चिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.