
काठमाडौं, १३ वैशाख । एके-४७ हतियारसहित पक्राउ परेका इन्सपेक्टरसहित पाँच भारतीय प्रहरीलाई कुनै कारवाही विना नै छाडिएको छ ।
अपराधी खोज्न भन्दै आइतबार नेपालको पश्चिमी नाका गड्डाचौकीबाट निजी गाडीमा कैलालीको अत्तरीया हुँदै डोटी पुगेको विना बर्दीसहित हतियार बोकेको भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिएको २४ घण्टापछि सोमबार विना कुनै कारवाही त्यसै छाडिएको छ । नेपालमाथि नांगो हस्तक्षेप गर्दै खुलेयाम सीमा पार गरेर आएका उनीहरुलाई भारतीय राजदूतावासका प्रतिनिधि (कुटनीतिज्ञ)को राहोवरमा त्यसै छाडिएको हो ।
उनीहरुलाई छाड्नुअघि नेत्र विक्रम चन्द नेतृत्वको विप्लव माओवादीले विज्ञप्ति जारी गरी पक्राउ परेका भारतीय प्रहरीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार कारवाही गरी जेल हाल्न माग गरेको थियो भने त्यसै छाडेर गल्ती नदोहोर्याउन केपी ओली नेतृत्वको सरकारलाई चेतावनी दिएको थियो । साथै उसले आन्दोलनको चेतावनी पनि दिएको थियो ।
त्यसो त भारतीय प्रहरी अनुमतिविना नेपाल छिरेको यो पहिलो घटना होइन् । यसअघि पनि भारतीय प्रहरी हतियार र बर्दी लगाएर नेपाली भुमिमा वितण्डा मच्चाउँदै र नेपाली जनतालाई दुःख दिँदै आएको थियो । सुनसरीमा त चार जना नेपाली नागरिकमाथि खुलेयाम गोली पनि हानेको थियो । अहिलेसम्म भएका घटनामा नेपाल सरकारले भारतीय प्रहरी कुनै कारवाही गरेको छैन् । केही घटनामा माफी दिएर त केहीमा त्यसै छाडेको छ । बारम्बार भारतीय प्रहरी र अर्काे सीमा सुरक्षा बल एसएसबीले नेपाल र नेपालीमाथि दुर्व्यवहार र हस्तक्षेप गरिरहँदा नेपाल सरकार भने निरिह बनेको छ । कारवाहीको साटो त्यसै छाड्ने गरेको छ ।
यसैअनुसार आइतबार पक्राउ परेका पाँच जना भारतीय प्रहरीलाई २४ घण्टा नवित्दै सोमबार छाडिएको हो । यिनीहरुलाई त्यसै छाड्नमा भारतका अधिकारीको आग्रह भन्दा पनि नेपालका लागि भारतीय राजदूत रञ्जीत रे नै काफी थिए । उनले आफ्ना एक जना कुटनीतिज्ञलाई धनगढी पठाएर पक्राउ परेका आफ्ना देशका प्रहरी जिम्मा लिई सिधै सीमा कटाइदिए ।
कैलाली प्रहरी स्रोतका अनुसार भारतको पञ्जाबबाट अपराधि खोज्न भन्दै हतियारसहित नेपाल प्रवेश गरेका ५ भारतीय प्रहरीलाई कैलाली प्रहरीले भारतीय राजदूतावासका एक कुटनीतिज्ञको रोहबरमा पञ्जाब प्रहरीको जिम्मा लगाएको हो ।रिहा भएका पाँचै भारतीय प्रहरी सोमबारै कैलालीको गौरीफन्टा नाका हुँदै पञ्जाब प्रस्थान गरेको स्रोतले बतायो ।
भारतीय राजदूत रञ्जीत रेका दूतलाई भव्य स्वागत
यसैबीच पक्राउ परेका आफ्ना देशका प्रहरी छुटाउन काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत कैलालीको गेटा विमानस्थल पुगेका भारतीय राजदूतवासका डिप्लोम्याट (कुटनीतिज्ञ)लाई नेपाल प्रहरीले भाडाको गाडीमा स्कर्टिङ गरी जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीको भ्यानमा हतियार र अर्काे भ्यानमा पक्राउ परेकाहरुलाई सीमा नाका पुर्याएर भारतीय प्रहरीको जिम्मा लगाएको थियो ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार डोटीमा पक्राउ पर्नेमा भारतीय प्रहरी फोर्सका एक जना इन्सपेक्टर, एक सब इन्सपेक्टर, २ हवल्दार र एकजना सिपाही थिए ।
फाटोः दीपक उपाध्याय नेपालबाट ।
तपाईको प्रतिक्रिया


0 comments
प्रतिक्रिया दिनुहोस्...