-->
कपिलवस्तुको उदयपुरमा आगलागी, ४५ घर जले

१० वैशाख, कपिलवस्तु । कपिलवस्तुको उदयपुर गाविस-६ उदयपुरमा दिउसो ३ बजेदेखि आगलागी भएको छ । आगलागी सुरु भएको ४५ मिनेटभित्र ४५ घर जलिसकेका छन् ।
स्थानीय गंगाराम कुर्मीको घरबाट आगो सल्केको हो । अहिले स्थानीय प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन् । तर हावा हुरीका कारण नियन्त्रणमा आउन सकेको छैन ।
दमकललाई खबर गरिएको भए पनि आइपुगेको छैन । घटनास्थल सदरमुकामबाट ४५ किलोमिटर दुरीमा रहेको छ । आगलागीले ठूलो नोक्सानी भइसके पनि मानिसहरु भने सुरक्षित छन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.