काठमाडौं, १६ वैशाख । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य साउदी अरबको राजगार जोखिममा पर्दै गइरहेको छ ।
मलेसिया जाने कामदार घटेपछि साउदी अरेबिया र कतारमा बढेको थियो । तर, साउदीमा पनि पछिल्लोपटक कामदारहरु घटेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कच्च तेलको मूल्य घटेपछि साउदीले विभिन्न कम्पनी र पूर्वाधार क्षेत्रबाट कामदलारको कटौती गर्न लागिरहेकोले साउदीको राजगार जोखिममा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
निरन्तर तेलको मूल्य ओरालो लागेकोले यमनसँग युद्धका कारण साउदी अरबको रोजगारी जोखिममा रहेको अन्तर्राष्ट्रिय न्यूयोर्क टाइम्सले जनाएको छ ।
त्यस्तै भारतको अमर उज्यालाका अनुसार साउदीको रोजगारीमा जोखिम बढेपछि २० हजार भारतीय कामदार फिर्ता भएका थिए ।
साउदीमा रहेका नेपाली कामदार पनि बिस्तारै नेपाल फर्कन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।
तपाईको प्रतिक्रिया


0 comments
प्रतिक्रिया दिनुहोस्...