पोखराको शान्तिवन वाटिकामा रहेको थोक कृषिउपज बजारको एकाधिकार (सिण्डीकेट)का कारण उपभोक्ताले फलपूmल र तरकारी महँगोमा खरिद गर्नु परिरहेको छ ।
फलपूmल तथा तरकारी व्यवसायी लेखनाथ पौडेलका अनुसार ट्रक व्यवसायीले ढुवानी भाडा अत्यधिक लिने गरेका कारण फलपूmल तथा तरकारी महंँगो हुने गरेको हो । केही ट्रक व्यवसायीका एकाधिकारका कारण व्यापारीले महँगो भाडा जोडेर फलफूल तथा तरकारी उपभोक्तालाई बिक्री गर्ने गरेका छन् ।
यस्तै बजार व्यवस्थापकले वार्षिक रुपमा सटर सञ्चालन गरेबापत पोखरा उपत्यका नगर विकास समितिलाई वार्षिक रु चार लाख ९५ हजार राजस्व बुझाउने गरेका छन् । तर व्यवस्थापकले भने कृषिउपज बजारका सटरबाट मासिक रु सात लाख भन्दा बढी भाडा उठाउने गरेका छन् ।
“वार्षिक रुपमा आउने रकमको कुनै हिसाबकिताब हुने गरेको छैन” व्यवसायी राममणि दाहालले भन्नुभयो । रकम हिनामिनाबारे छानबीन गर्न व्यवसायीले क्षेत्रीय कृषि निर्देशनालय, पोखरा उपत्यका नगर विकास समिति, कृषि विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलगायतलाई आग्रह गरेका छन् । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...