-->
प्रियंकाको ‘सपनाका राजकुमार’ राजेश हमाल

नेपाली चलचित्रका सुपरस्टार नायक राजेश हमाल धेरै यूवतीका ‘सपनाका राजकुमार’ हुन् । राजेश हमाल जस्तो पतिको अपेक्षा धेरैले गरेका हुन्छन् । हमाल भने दुई बर्ष अगाडि बैबाहिक जीवनमा बाँधिएका हुन् ।
नायिका प्रियंका कार्कीको ‘सपनाका राजकुमार’ पनि नायक राजेश हमाल नै रहेछन् । डिभोर्सी नायिकाले राजेश हमाल जस्तो पतिको कामना गर्छिन् । वास्तविक जीवनमा राजेश हमाललाई आफ्नो ‘सपनाको राजकुमार’ त सोचेकी छैनन्, प्रियंकाले ।
तर, वैशाख १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हाउ फन्नी’मा हमाल प्रियंकाको कोठामा सजिएका छन् । नायिका उनै हिरोलाई आफ्नो सपनामा सजाएर दौडिएकी हुन्छिन् ।
चलचित्र ‘हाउ फन्नी’मा सानैदेखि नायिका बन्ने सोच राखेकी हुन्छिन् प्रियंकाले । उनी राजेश हमाललाई खुबै मान्छिन् । नायक राजेश हमालको व्यक्तित्वबाट वास्तविक जीवनमा पनि उनी खुबै प्रभावित छिन् । राजेश हमालसँग केही मुलुकमा कार्यक्रममा एकसाथ प्रस्तुती दिएकी यी नायिकाले उनलाई आफ्नो ठाउँमा बस्न सक्ने नायकको रुपमा लिएकी छिन् ।
निलु डोमा शेर्पाले निर्देशन गरेको यो चलचित्रमा नायिका कार्की जासुस यूवतीको भूमिकामा छिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.