-->
पतिको मासु कुकुरलाई खुवाउने पत्नी पक्राऊ

मस्को, २३ चैत, पतिको हत्या गरी कुकुरलाई मासु खुवाउने एक रुसी महिला पक्राउ परेकी छिन् । ४६ वर्षीया स्भेत्लाना बटुकोभाले आफ्नै पतिको विभत्स हत्या गरी कुकुरलाई उनको मासु खुवाएकी थिइन् । प्रहरीले हत्या आरोपमा उनलाई अदालतमा पेश गर्दैछ । उनका ६६ वर्षीय पतिको विभत्स हत्या भएको थियो ।
पाखुरा काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । लागू औषध कोकिनको लतमा रहेकी बटुकोभाले पतिको मासु आफ्नो कुकुरलाई खुवाएको बताइएको छ ।
मृत्युपूर्व उनका पतिले आत्मरक्षाका लागि प्रयास गरेको संकेत समेत नदेखिएको भन्दै प्रहरीले हत्यापूर्व उनलाई नशामा लठ्याइएको अनुमान गरेको छ ।
दुई वर्ष संगसँगै बिताएपछि उक्त जोडीले गत जनवरीमा विवाह गरेको थियो । बटुकोभाले आफ्नो पेसबुक पेजमा कुकुरसँगको तस्वीर लगातार पोस्ट गर्दै आएकी थिइन् । (एजेन्सी)


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.