इलाम-आफ्नी पत्नीलाई अर्काले जिस्क्याएको निहुँमा जिल्लाको जमुना गाउँका एक युवकले धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेका छन्।
जमुना–१ का २८ वर्षे खेम राईले पाँचथर लुङरूपा घर भइ जमुना–१ मा डेरा गरी बस्ने ३८ वर्षे रणबहादुर राईको सोमबार बेलुका साढे ६ बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रणबहादुरको घटनास्थलमै मृत्यु भएको र हत्या आरोपी खेमलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...