-->
धनी र शक्तिशाली व्यक्तिहरुले सम्पत्ति कसरी लुकाउछन् भन्ने गोप्य दस्तावेज सार्वजनिक

२२ चैत, काठमाडौं । धनी र शक्तिशाली व्यक्तिहरुले कसरी अाफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ ।
उनीहरुले कर छली गर्नको लागि कसरी कम भन्दा कम सम्पति देखाउछन् भन्ने गोप्य दस्तावेज सार्वजनिक भएसँगै यो तथ्य बाहिर आएको हो ।
विश्वमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएसँगै यो तथ्य सार्वजनिक भएको हो ।
गोप्य दस्तावेज लिक भएसँगै मोसाक फोन्सेकाले अाफ्ना ग्राहकको काला धन वैध बनाउने, प्रतिबन्धबाट बच्ने तथा कर चोरीमा कसरी मद्दत गर्ने रहेछ भन्ने खुलेको छ ।
कम्पनीका अनुसार करिब ४० वर्षदेखि बिना शंका उसले यस्तो काम गरिरहेको उल्लेख गरेको छ ।
लिक भएको दस्तावेजमा ७२ जना वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष यस प्रकरणमा कम्पनीसँग जोडिएको खुलासा भएको छ । जसमा पूर्व तानाशाहसमेत संलग्न छन् जसमाथि आफ्नो देशलाई लुटेको आरोप लागेको छ ।
जर्मन अखबार जूटडायच ट्सायटून्गले प्राप्त गरेको यस दस्तावेज इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टीगेटीभ जर्नालिष्ट, आईसीआईजे मार्फत् सार्वजनिक गरेको छ । तर यो दस्तावेज कसले दियो भन्ने आफूलाई थाहा नभएको बीबीसीले जनाएको छ ।
आइसीआइजेका निर्देशक गेरार्ड राइलका अनुसार लिक भएको दस्तावेजमा मोसाक फोसेको हरेक दिनको गतिविधिको प्रतिवेदन छ ।
दस्तावेजमा पूर्व शासकहरु इजिप्टका होस्नी मुबारक, लीबियाका मुअम्मर गद्दाफी र सीरियाका राष्ट्रपति बहर अल अशदका परिवार र उनका सहयोगीसँग जोडिएका कम्पनीको गोप्य जानकारी पनि उल्लेख छ ।
दस्तावेजमार्फतै अरबौं डलरको अपचलन गर्ने संन्दिग्ध एक गिरोहको बारेमा पनि पत्ता लागेको छ । जसको सम्बन्ध रुसको एक बैंकसँग रहेको तथा त्यसमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका निकट सहयोगी पनि जोडिएका छन् ।
उनको सम्बन्ध बैंक रसियामा छ जसलाई क्रिमिया प्रकरण पछि अमेरिका तथा युरोपीय संघको प्रतिवन्ध लागेको छ ।
दस्तावेजमा आइसल्याण्डका प्रधानमन्त्री सिगमन्डर गुनलान्गसानको नाम पनि एक गोप्य विदेशी कम्पनीमा करोडौं डलर लगानी गरेको आरोप लगाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.