नरिवल पानी जैबिक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो । हामीले दैनिक खाने नरिवल फलफूल परिवार अन्तर्गत पर्ने महत्वर्पूण फल हो । पोषयुक्त यस फल स्वास्थ्यको पर्याबाची नै बनेको छ । यो शत प्रतिशत स्वस्थ र सक्रमणमुक्त हुन्छ । यसमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा पनि न्यून हुन्छ । शुन्य कोलेस्ट्रोल यो पानी अतयन्तै स्वस्थ र भिटामिनहरुले भरिपूर्ण पेय पर्दाथ हो । यसमा भिटामिन बी र एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ । त्यस्तै, पोटासियम र म्याग्नेसियमयुक्त नरिवल पानीको फाइदा हामीहरुले सोचेभन्दा बढी फाइदा छ ।
मुटुका लागि उत्तम मानिने नरिवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम मात्र होइन् । एक अध्ययन अनुसार नरिवल पानीले ह्दय घातको खतरलाई न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । नरिवलमा हुने उच्च मात्राको पोटासियमले शरिरमा अनाबश्यक तरल पर्दाथलाई फाल्न सहयोग पुयाउनुका साथै हाइपरटेन्सनको खतरालाई घटाउछ । नियमित एक गिलास नरिवल पानी खाँदा मुटु रोग र ह्दयघातको खतरा न्यून हुन्छ ।
किड्नी स्टोनको खतरा घटाउछ-नियमित नरिवल पानी पिउदा किड्नी स्टोनको खतराबाट बचाउछ । यसमा हुने पोटासियम र म्याग्नेसियमले पिसाबको प्रबाहलाई बृद्धि गरी शरिरमा अत्यधिक पानी हुने समस्याबाट बचाउछ । यदि तपाईलाई किड्नीको स्टोन छ भने पनि पिसाबको प्रबाहलाई तीब्र पारेर यस रोगबाट मुक्ति मिल्न समेत सहयोग मिल्छ ।
पखलाको उपचार-तपाईलाई पखला लागेको छ रु यदि हो भने नरिवल पानी अचूक औषधी हो । नरिवल पानीले तपाईको शरिरबाट खेरा गइरहेको पानीको मात्रलाई पूर्ती मात्र गर्दैन इलेक्ट्रोलाईट र खनिज पनि प्रदान गर्छ । शरिरभित्र भएका अनवाश्यक हानीकारक विषहरुलाई यसले बाहिर फालिदिन्छ । नरिवल पानी प्राकृतिक रुपमा नै सबल हुन्छ । हाम्रो शरिरमा आवश्यक पर्ने इलेक्ट्रोलाईट तह नरिवललमा पाइन्छ ।
गर्मीमा शरिरलाई शितलता दिन्छ-गर्मीमा हुने तिक्षण तापक्रम र त्यसपछि पसिनाले शरिर सजिलै सुख्खा हुन्छ । गर्मी भइरहेको बेला शरिरलाई आनन्द दिनका लागि नरिवल पानी भन्दा अर्को कुनै हुन सकदैन् । काबोहाइड र सुगरको मात्रा न्यून तथा पर्याप्त इलेक्ट्रोलाइट्सयुक्त यो निकै ताजा पेय पर्दाथ हो ।
व्यायायमपछि पिउदा फूर्तीलो र तन्द्रुस्ती बढाउछ-ठूलो शारीरिक बल प्रयोग गर्ने काम गर्दा र व्यायायमको क्रममा डिहाइडेडको सम्भावना हुन्छ । यस्तो अवस्थामा नरिवल पानी महत्वपूर्ण पेय पर्दाथ हुन सक्छ । व्यायापपछिको डिहाइडेसनबाट बच्नका लागि पनि यसको महत्व छ । यसमा क्यालोरिको मात्रा न्युन तथा पोटासको मात्रा उच्च भएकोले शरिरबाट खेरा गइरहेको झोललाई पूर्ती गर्नका लागि पनि यसको महत्व छ ।
छालामा चमकपन बढाउछ, निखारता ल्याउछ- भद्दा छालालाई चमक बनाउने इच्छा कसको हुदैन र रु निश्चय नै ताजा नरिवल पानीको सेबनले छाला नरम बनाउनुको साथै धपक्क चमक ल्याइदिन्छ । त्यस्तै हात र अनुहारमा दिनको दुई पटक यसको प्रयोग गर्दा अत्यधिक फाइदा भएको पुष्टि भइसकेको छ । नरिवल पानीमा हुने काइटोकिनिस नाम गरेको तत्वले हाम्रो शरिरको कोषलाई सशक्त बनाउनुका साथै चाउरी र बृद्ध हुनबाट बचाउछ ।
गर्भवतीसँग सम्बन्धित समस्याबाट मुक्ती दिलाउछ- नरिवल पानी स्वभाविक रुपमा स्वस्थ र संक्रमणरहित हुनाले गर्भावस्थामा यसलाई पिउदा सुरक्षित मानिन्छ । गर्भाधारणका क्रममा हुने वाकवाकी, अम्लियपन, र मुटु तथा घाँटी पोल्ने समस्याबाट पनि मुक्ती मिल्छ । त्यस्तै गर्मवती महिलााले नियमित नरिवल र यसको पानी खाँदा पेटभित्रको शिशु निकै स्वस्थ हुने चिकित्सकहरुले बताउने गरेका छन् ।-


0 comments
प्रतिक्रिया दिनुहोस्...