काठमाडौं– नेपाल एसोसियसन अफ युरोलोजिकल सर्जन्स ‘नाउस’ को आयोजनामा दोश्रो नाउस युरोक–२०१६ हुने भएको छ । तीनदिने सम्मेलनको सुरुवात चैत २५ गते बिहिबार हुने छ ।
हरेक दुई दुई बर्षको अन्तरालमा हुने युरोकोन को यो दोश्रो सम्मेलन हो । सम्मेलनको ‘ प्रि कन्फ्रेन्स लाईभ अपरेटिभ वर्कशप ’ २५ गते बिहिबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा हुनेछ भने २६ गते र २७ गते बैज्ञानिक कार्यपत्रहरुमाथिको छलफल होटल हायातमा हुनेछ ।
प्रि कन्फ्रेन्स बर्कशपमा बरिष्ठ युरोसर्जन प्रा डा प्रेमराज ज्ञवाली सँगै भारतबाट आएका दुईजना र चीनबाट आएका एकजना युरोसर्जनरुले ५ वटा शल्यकृया हुनेछ ।
उनीहरुले पाँचवटा रेट्रोग्रेड इन्ट्रा(रेनल सर्जरी र दुइवटा प्रोस्टेट सर्जरी गर्नेछन् । जसको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको ११ तल्लामा रहेको अपरेशन थियटरबाट अस्पतालकै दोश्रो तल्ला स्थित सभाकक्षमा प्रत्यक्ष प्रसारण समेत गरिनेछ ।
देश बिदेशका नयाँ युरो सर्जनहरुलाई युरोलोजिकल सर्जरीको क्षेत्रमा हाँसिल भएका पछिल्ला उपलब्धि र नयाँ प्रबिधिबारे प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा नेपाल भारत चीन कुवेत सिंगापुर र न्यूजिल्यान्डका १५० जनाभन्दा बढी युरो सर्जनहरुको सहभागिता रहने जनाईएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...