चर्चित बलिउड हिरो इमरान हाश्मीको ४ वर्षको छोरा अयानलाई क्यान्सर भयो । अयानलाई भएको क्यान्सरसँग जित्न उनी पनि अयानसँगै ‘युद्ध’मा होमिए । एउटा चर्चित हलिउड एक्सन फिल्म ‘ब्याटम्यान भर्सेस सुपरम्यान’को चरित्र ‘ब्याटम्यान’ भए उनी रियलमै । रिलमा अनेक चरित्र निर्वाह गरेका उनलाई यो भूमिका रियलमा निर्वाह गर्न जीवनकै सवैभन्दा चुनौतीपूर्ण काम लाग्यो । यसै विषयमा उनले एउटा किताब लेखेका छन् । जुन किताबको एउटा महत्वपूर्ण अंश यहाँ प्रस्तुत गरिएको छ ।
‘को हो ?’
जफाव दिनुअघि एक सेकन्ड पर्खें । म यो निश्चित गरिरहेको थिएँ कि उस(अयान)लाई सही आवाजमा जफाव दिउँ । किनकि ऊ सानो छ तर चलाख छ ।
‘म ब्याटम्यान हुँ,’ मैले साह्रै सानो आवाजमा भनें, ‘के तिमी अयान हौ ?’
केही समय सन्नाटा छायो । म यति कल्पना गर्न सक्थें, उसले विश्वास गर्न सकिरहेको थिएन । ‘आहा ! साँच्चि तिमी ब्याटम्यान हो ?’ उसले भन्यो ।
तिमीलाई कस्तो छ अयान ?
‘म ठीक छु ब्याटम्यान । के तिमी गोथममा क्राइमसँग लडिरहेका छौं ? पापले मलाई भन्नुभएको थियो ।’
मेरो गला अवरुद्ध भयो । मैले उसलाई त्यही बताउने निर्णय गरें, जेका लागि मैले फोन गरेको थिएँ , ‘के तिमी म जस्तै सुपरहिरो बन्न चाहन्छौ अयान ?’ उसले उत्साहको सास लियो । म फोनमा यति सुन्न सक्थें ।
यदि त्यस्तो हो भने मलाई तिमीले ध्यानसँग सुन्नुपर्छ । एकचोटी हामीले यो पूरा गर्यौ भने आइरनम्यान भन्दा पनि राम्रो बन्न सक्छौं । तिमी मेरो अयानम्यान बन्छौ ।
मलाई थाहा थियो, अयान ब्याटम्यानलाई निकै मन पराउँछ । त्यसैले म पहिल्यै ब्याटम्यान भइसकेको थिएँ । यदि उसलाई सुपरहिरो बन्ने अफर दिन्थें भने ऊ हामी दुईमध्ये एक मात्रै सुपरहिरो बन्ने कुरा मन पराउदैनथ्यो । त्यसैले मैले सोचें उसलाई म त्यही नामले बोलाउँछु, जुन नाम उसका एक अर्काे फेवरेट (आइरनम्यान)सँग मिल्दोजुल्दो होस्, अयानम्यान !
उसले भन्यो, ‘हुन्छ, मैले के गर्नुपर्छ ?’
मैले त्यो रात सम्झें । जुन रात मैले एक ट्रिक निकालेर अयानलाई यस्तो एकीन दिलाएको थिएँ कि होटल छाड्ने तयारी भइसकेको छ । म डाक्टर र नर्ससँग नजिकैको एउटा कोठामा भेट्न पुगें । यसको कारण थियो, उसले हाम्रो कुराकानी प्रष्टै सुनोस् । जब म कुराकानी गरेर उसको कोठामा गएँ, उसले हस्पिटलको सादा खानाप्रति असन्तुष्टि प्रकट गर्यो । उसले पिज्जा र यस्तै अरु जंकफुड मागेको थियो । जुन खाना उसका प्रिय थिए । उसलाई सम्झाउन मलाई केही समय लाग्यो । उसले सिधा प्रश्न गर्यो, ‘पापा, यो मेरो वर्थ डे हो कि क्रिसमस डे हो ? हामी यो होटेलमा यही सेलिब्रेट गर्न आएको हौं र ?’
हो तिमीले ठीक भन्यो आयन, मैले जफाव फर्काएँ, ‘तिम्रो जन्मदिन आउँदैछ र हामी अरु धेरै जन्मदिन यसरी नै सँगै मनाउनेछौं ।’
मेरो ४ वर्षको छोरोलाई दोस्रो स्टेजको ‘विम्स ट्युमर’ थियो । यो एक प्रकारको क्यान्सर हो, जसले किड्नीलाई बिगार्छ । अक्सर बच्चामा हुन्छ । अफ्रिकी मूलको बच्चालाई यो क्यान्सर हुने संभावना अरुलाई भन्दा बढी हुन्छ । यसको नाम एक जर्मन डाक्टर म्याक्स विम्सको नामले राखिएको हो । कुनैपनि मान्छेको दुर्भाग्य हो यो । किनकी उसको नाम यस्तो खराब रोगसँग जोडियो । त्यो समय मलाई यो नामसँग घृणा जाग्यो ।
छोरोलाई क्यान्सर हुनु मेरो जीवनकै सबभन्दा ठूलो बज्रपात थियो । मलाई तुरुन्तै यो सावित गर्नु पनि थियो कि मभित्र त्यस्तो क्षमता छ, जो मेरो रोलमोडल बनेको छ ।
मैले सुपरम्यान बन्नु थियो । मेरो सानो एउटा तरिकाले । मैले मेरो कलिलो छोराको दुश्मन बनेको संकट सुपरम्यान भएरै पार लगाउनु थियो । प्रोफेशनल्ली पनि म सफल हुनु थियो ।
तर, असली हिरो मेरो छोरा नै थियो । हामी बच्चाको तुलनामा निकै बलिया हुन्छौं । उनीहरु बिरामसँग दिन, महिना कहिलेकाहिँ त वर्षाैं लड्छन् । दर्द सहेर आफ्नो बालापन फेरि फर्किने आशा राखेर धेरै दिन कुर्बानी दिन्छन् ।
मेरो छोरो ब्याटम्यान बन्न चाहन्थ्यो । मेरो तरिकाले ऊ ब्याटम्यान बनिसक्यो । उसले पीडा सह्यो र क्यान्सरसँग लड्यो । हरेक कहानीको अन्त्य हुन्छ, यसैगरी ब्याटम्यानको कहानीको अन्त्य जरुरी छ । मसँग यति हिम्मत छैन कि उसलाई बताउन सकुँ, ‘किमोथेरापीको सेसन सुरु भएपछि उसँग कुनै सुपरपावर हुनेछैन ।’
सायद ऊ आफै सिक्नेछ । जस्तो मैले आफ्नो जीवनको जिम्मेवारी निभाउनका लागि सिकेको थिएँ ।
म यो किताब लेखेपछि ब्याटम्यानका रुपमा अन्तिम फोन गर्न गइरहेको छुउसलाई, किनकि यो कहानीको अन्त्य जरुरी छ । यो समय म जुन खानादेखि ऊ बेखुश छ, त्यही खान मनाउँछु र किमो सुरु हुनभन्दा पहिले उसलाई शान्त गराउँछु । म उसलाई भन्नेछु, ‘छोरा तिमीले यी सबचिजमाथि विजय प्राप्त गरिसक्यौ । तिमी ६ वर्षका भयौ । चाँडै आफ्नो स्कुल सकेर कलेज जानेछौं ।’
म बुढो हुँदै जानेछु । यो खराब दुनियाँलाई तिमी एक्लैले झेल्नुपर्नेछ । तर, तिमीले सबभन्दा ठूलो युद्ध त यसअघि नै जितिसकेका छौ । त्यसैले तिम्रा लागि अब आउने चुनौती सामान्य हुनेछन् । हरेक चुनौतीलाई जिम्मेवारीका साथ सामाना गर्नेछौ र जीवनका सारा कष्टलाई जित्न सक्नेछौ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...