काठमाडौं – केही समयअघि मात्रै आफ्नो जन्मदिनको केक काट्दै क्यामेरा अगाडी मुस्कुराएका श्रीयन थापा बिहिबार कहिल्यै नफर्कने गरी बिदा भए । सिड्नीमा घर नजिकै कारले ठक्कर दिएपछि उनको निधन भएको हो ।
कारको ठक्करपछि उनलाई बचाउने मेडिकल टिमको प्रयास सफल भएन । कारले ठक्कर दिनुअघि उनी हजूरआमासँगै सडकमा निस्किएका थिए ।
श्रीयनले ट्राफिक नियम उल्लंघन गर्दै गुडिरहेको कार अगाडी गएको बताइएपनि गरेपछि उनकी हजूरआमाले फुटपाथमै कारले श्रीयनलाई ठक्कर दिएको बताएकी छिन् । बाटोमै हिड्दै गर्दा श्रीयनकी आमा रोजिताले छोराको दुर्घटनाको समाचार थाहा पाएकी थिइन् ।
घाइते अवस्थामा उनलाई बाल अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका कारण रक्तस्रावले केही मिनेटमै उनको ज्यान गयो । छिमेकी एन्ड्रियू सनर्सले बालकको निधनपछि स्तब्ध बनेको बताएका छन् । उनले न्युज कर्पसँगको कुराकानीमा भनेका छन् –‘उनकी हजूरआमाले उनको शव च्यापेर बसेको दृश्य हृदय विदारक थियो ।’
चालकले भने हजूरआमाको हातबाट फुत्किएर बालक गाडी नजिक आफै पुगेका कारण दुर्घटना निम्तिएको बताएका छन् । दुर्घटनापछि गाडीका चालकलाई पनि पिसाब र रगत प्रशिक्षणका लागि अस्पताल लगिएको थियो ।
दुर्घटनाको तस्विरमा कारमा पि लेखिएको स्टिकर टालिएको देखिन्छ । भर्खरै मात्र गाडीको लाइसेन्स पाएकाको कारमा पि लेखेको स्टिकर टाँसिन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...