काठमाडौं, १६ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसद अधिवेशनलगायतका विषयमा छलफल गर्न सत्तारुढ दल एकीकृत माओवादीको स्थायी समितिको बैठक बसिरहेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा जारी बैठकमा मुलुकको समग्रा राजनीतिक विषयमा परामर्श भइरहेको छ ।
स्रोतका अनुसार बैठकमा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको विषयमा पनि छलफल हुनेछ ।
बैठकमा नेकपा (माओवादी क्रान्तिकारी)सँगको पार्टी एकीकरणका विषयमा पनि छलफल हुने बुझिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...