
सुन्दै अचम्म लाग्ने यो खबर पश्चिमा देशहरुको हो । जहाँ परिस्थितीले आमाछोराको नाता श्रीमान-श्रीमतीमा परिणत हुँदैछ ।
छोरा अमेरिका बस्ने । भने आमा बेलायत (इंग्ल्याण्ड) । जन्मेको एक हप्तामै आमाले आफ्नो छोरालाई सन्तान नपाएका एक परिवारलाई जानी-जानी धर्मपुत्रको रुपमा सुम्पिएकी थिइन् ।
३० वर्षपछि यी दुबै आमाछोरा अर्थात हुनेवाला श्रीमानश्रीमतीबीच भेट भएको छ । भेटमा दुबैबीच प्रेम पनि परेको समाचारमा जनाइएको छ । अब दुबैजना बच्चा जन्माउने तयारी गरिरहेका छन् ।
५१ वर्षीया किम वेस्ट आफ्नो ३२ वर्षीय छोरा बेन फोर्डसँग दुई वर्षदेखि लिभ इन रिलेसनशिप (विहे अघि नै श्रीमान श्रीमतीका रुपमा बस्नु)मा छिन् ।
यो आमाछोराको जोडी भन्छ कि अहिले उनीहरुको यौनजीवन सुखमय बनेको छ । पहिलो भेटमै प्रेम परेपछि आमा छोराबीच यौनसम्बन्ध कायम भएको थियो । उक्त यौनसम्बन्धबाट आमा फिदा नै भएकी थिइन् । अब यी दुई विहेको योजना बनाइरहेका छन् ।
छोरा बेन अमेरिकामा बस्थे । उनले इंग्ल्याण्डमा बस्दै आएकी आफ्नी आमालाई २०१३ सालमा अप्रत्याशित रुपमा एउटा चिठ्ठी लेखेका थिए । बेनको जन्म इंग्ल्याण्डमै भएको थियो । यो चिठ्ठीपछि दुबै नजिकिएका थिए ।
बेलायती पत्रिकामा छापिएको समाचार
विवाहित बेनले आमासँग प्रेममा परेपछि श्रीमती विक्टोरियासँग डिभोर्स गरेका थिए । वेन र किम भेट्नुभन्दा पहिला फोनमा कुरा गर्थे । किम भन्छिन्– मलाई उ छोराजस्तो लागेन् । अलग्गै अट्रयाक्सन (आकर्षण) भयो । त्यसपछि सेक्सको सपना देख्न थाले ।
आफ्नो यो अट्रयाक्सनमा कन्फ्यूज भएकी किमले जेनेटिक सेक्शुअल अट्रयाक्सनका बारेमा निकै अध्ययन गरेर आफूलाई हल्का महसुस गरेकी थिईन् । त्यसपछि उनले आफ्नो छोरासँग पहिलोपटक भेट्ने निधो गरिन् । एक होटलमा दुबै आमा–छोराबीच भेट भयो । भेटमा दुबैले मदिरा सेवन गरेर वातावरण बनाए । त्यसपछि दुबैले पहिलोपटक किस गरे । त्यसपछि बेन र किमबीच पटक पटक यौनसम्बन्ध पनि गाँसिएको हो र अहिले पनि जारी छ ।
आफ्नै छोरासँगको सम्बन्धपछि किमले भनिन्– त्यो पल असाधारण र शानदार थियो । यस्तो सन्तुष्टि कतै हुँदैन् । यसले एउटा फलेको हाँगाजस्तै हमेशा सँगै रहने चाहना ल्याउँछ ।’
इंग्ल्याण्डको न्यू डे पत्रिकामा छापिएको खबरअनुसार उनले अगाडि भनेकी छिन्– ‘मलाई थाहा छ कि मानिसहरु हामीलाई घिनलाग्दो भन्नेछन् । हामीले आफ्नो भावनालाई कन्ट्रोल गर्नुपर्थ्यो तर जब तपाई प्रेममा पर्नुहुन्छ तब सबै कुरा भुलेर अगाडि बढ्नुहुन्छ । तपाईहरु बाधा अप्ठेरोसँग जुध्न पनि तयार हुनुहुन्छ ।’ दैनिक नेपालमा समाचार छ |


0 comments
प्रतिक्रिया दिनुहोस्...