-->
मनिताले जन्माइन् एकसाथ पाँच छोरी

एजेन्सी: भारतको छत्तीसगढ राज्यस्थित सरगुजा जिल्लामा एक महिलाले एकसाथ पाँच छोरी जन्माएकी छन्।
प्राकृतिकरुपमै विनाअपरेनशन लखनपर ब्लककी बिनकरा जमगला गाउँका बासिन्दा उमेशकुमारकी पत्नी २५ वर्षीया मनिताले शनिबार एकसाथ पाँच छोरी जन्माएकी हुन् ।
पाँचै छोरीको तौल कम भएकाले उनीहरुलाई चिकित्सले निरन्तर निगरानीमा राखेका छन् । शनिवार बिहान ९.४० बजेबाट बिहान १० बजेर १९ मिनेटको बीचचमा उनले ती सबै छोरीलाई जन्माएकी हुन् ।
प्रसुती भन्दा अघि गरिएको चेकजाँचका क्रममा उनको पेटमा दुई भन्दा बढी शिशु रहेको पत्ता लागेको थियो । तर पाँच छोरी छन् भन्ने कुराको अनुमान पनि गरिएको थिए ।
छोरीहरु सामान्य प्रसुतीबाट जन्मिएका हुन् । तर उनीहरुको तौल एकदेखि डेढ किलोकाबीचमा रहेको छ । यो तौल सामान्य शिशुको भन्दा कम हो ।
पहिलो बच्चीको तौल १ किलो ३ सय ग्राम, दोस्री र तेस्रीको १ किलो ५ सय ग्राम, चौथीको १ किलो २ सय ग्राम र पाँचौको १ किलो तौल रहेको छ ।
चिकित्सकका अनुसार यी नवजात शिशु पूर्ण विकसित नभइ जन्मेका छन् । उनीहरु सात महिनामै जन्मिएकाले तौल पनि कम रहेको हो ।
जिल्ला अस्पतालका सिभिल सर्जन डा एनके पाण्डेयले बताए अनुसार जन्मदा अढाई किलो भन्दा तौल हुनु शिशुका लागि खतरा हो ।
चिकिस्तकको निगरानीमा रहेपनि सबै बच्चीहरुको स्वास्थ्य राम्रो रहेको छ । तर उनीहरुलाई चिकित्सकको निगरानीमा भने राखिएको छ ।
यी महिलाको यो दोस्रो गर्भ हो । तीन साल अघि उनले एक छोरा जन्माएकी थिइन् तर उसको मृत्यु भएको थियो ।
सन् २०१३ मा सतना (मध्यप्रदेश) मा एक महिलाले एकसाथत १० बच्चा जन्माएकी थिइन् तर ती सबै मृत थिए । धनबाद (झारखन्ड) मा यसै वर्ष फेब्रुअरीमा एक महिलाले एकसाथ चार बच्चा जन्माएकी थिइन् ।
अमेरिकाकी नाद्या सुलेमानले सन् २००९ मा एकसाथ आठ बच्चा जन्माएकी थिइन् । त्यसपछि उनलाई 'अक्टोमम' भन्न थालियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.