उपत्यकाका सडकमा सवारी नियम उल्लघंन गरेर भाग्दै हुनुहुन्छ? सडकका मूख्य चोकमा ट्राफिक प्रहरी छैनन् भन्दै नियमविपरित सवारी हाँक्दै त हुनुहुन्न? त्यसो हो भने अब सचेत रहनुहोला। किनकी तीवै रफ्तारमा गुड्ने मोटरसाइकलमा रहेका ट्राफिक प्रहरीको फन्दामा जुनसुकै बेला पनि पर्न सक्नु हुनेछ। नागरिक दैनिकमा समाचार छ।
महानगरीय ट्राफिक महाशाखाले अबदेखि सडकमा नियम उल्लघंन गर्ने र भाग्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गर्न मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गर्ना मोटरसाइकल विशेष इकाई परिचालन गर्ने भएको छ।
‘सुरक्षाको लागि तपाईको, गति बढ्दै हाम्रो’ नारासाथ महाशाखाले उपत्यकाका सडकमा १७ वटा तीब्र रफ्तारमा दौड्ने ५ सय सीसीका बुलेट मोटरसाइकल व्यवस्था गरेको छ।
महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्यालका अनुसार ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि तालिमप्राप्त चालकसहितको उच्च क्षमताका बुलेट मोटरसाइकल विशेष इकाई बनाइएको हो।


0 comments
प्रतिक्रिया दिनुहोस्...