-->
यस्तो देखिइन भुवन को छोरी काजल

काठमाडाैं-नायक भुवन केसीले छोरी काजल र छोरा अनमोलसँगको संयुक्त तस्विर सार्वजनिक गरेका छन् । यसअघि उनी छोरा अनमोल केसीसँग पटक—पटक देखिदैं आएपनि संयुक्त तस्विर सार्वजनिक गरेको भने यो पहिलो पटक हो ।
उनले छोरी काजल र अनमोललाई दायाँ—बायाँ राख्दैं तस्विर खिचाएका छन् । मंगलबार सार्वजनिक भुवनको तस्विरमा काजल पनि अनमोलजतिकै क्युट देखिएकी छिन् । भुवनले दायाँ पट्टी छोरा अनमोल र दायाँतिर छोरी काजललाई राखेर तस्विर खिचाएका छन् ।
पलाञ्चोक भगवतीमा खिचिएको उक्त तस्विरको क्याप्सनमा भुवनले लेखेका छन्, ‘काजल, अनमोल र म पलान्चोक भगवतीमा ।’ जसमा काजल सेतो पहिरनमा देखिएकी छिन् ।
काजल उनकी जेठी श्रीमती विजयाबाट जन्मिएकी हुन् । विजयाबाट काजलसँगै उनका छोरा विवेक पनि छन् । जो अहिले अमेरिकामा बस्दैं आएकी छन् ।
काजलको नाममा कम्पनी खोलेर भुवनले झण्डै १९ वर्षदेखि फिल्म निर्माण गर्दै आएका छन् । काजलको विहे भने सन् २०११ अमेरिकामा बस्दैं आएका भारतीय मूलका पुनित रायसँग भइसकेको छ । जसमा पूर्वराजा ज्ञानेन्द्र शाहलगायत शीर्ष नेताहरु सहभागी भएका थिए ।
विजया अहिले छोरा विवेकसँग अमेरिकामा बस्दैं आएकी छन् । विवेकले अमेरिकामै नेपाली युवतीसँग विवाह समेत गरिसकेका छन् । उनीहरुको विवाहमा सहभागी हुन भुवन पनि अमेरिकामा पुगेका थिए ।
लभ म्यारिजका गरेर दोस्री श्रीमतीका रुपमा भित्र्याएकी सुस्मिता भने अनमोल केसी जन्मिएका हुन् । सुस्मितासँग पनि भुवनको वैवाहिक सम्बन्ध १० वर्षभन्दा बढी समय टिक्न सकेनन् ।
भुवन श्रीमतीसँग छुटिएपछि आमा सन्तानहरुसँग भने एकदमै निकट रहेको उनी निकट स्रोत बताउँछ । जसका कारण काजोल र विवेक पनि उनीसँग राम्रै घनिष्ट रहेका छन् भने अनमोल पनि ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.