-->
पानामा पेपरको पहिलो शिकार आइसल्याण्डका प्रधानमन्त्री

२४ चैत, काठमाडौं । पानामाको कानुनी फर्म मोसाक फोन्सेकाको लाखौं गोप्य दस्तावेजमा चर्चित अनुहारको नाम आएपछि कयौं देशमा हलचल मच्चिएको छ ।
कही मानिसहरुले कानुनी कारबाहीको माग गरेका छन् भने केही देशका नेताले सफाइ दिएका छन् । पानामा पेपरमा आफ्नो नाम आएपछि आइसल्याण्डका प्रधानमन्त्री सिगमन्डर गाङलोगसनले राजीनामा दिएका छन् ।
दस्तावेजका अनुसार सिगमन्डर गाङलोगसन र उनकी पत्नीको एक अफसोर कम्पनी थियो । यो जानकारी बाहिर आएलगतै संसदमा विरोध भयो । सिगमन्डर गाङलोगसनले आफूले शेयर श्रीमतीलाई बचेको र आफूले कुनै गलत नगरेको दाबी गरेका थिए ।
प्रधानमन्त्री सिगमन्डर गाङलोगसनले संसद भंग गरेर अर्को चुनावमा जान प्रस्ताव राष्ट्रपतिसमक्ष राखे । तर, राष्ट्रपतिले सहमति नदिएपछि सिगमन्डर गाङलोगसनले प्रधानमन्त्रीबाट राजीनामा दिएका छन् ।
बेलायतका प्रधानमन्त्री डेभिड क्यामरनले आफ्नो पिताको नाम दस्तावेजमा आएकोमा सफाइ दिएका छन् । विपक्षी दल लेबर पार्टीले दस्तावेजमा नाम आएका सबैमाथि स्वतन्त्र छानविन गर्नु पर्ने माग गरेको छ ।
पानामा पेपरमा क्यामरनका पिता इयनले एक विदेशी फन्ड चलाउन मदत गरेको सार्वजनिक गरेको थियो ।
तर, प्रधानमन्त्री कार्यालयले क्यामरनका दिवंगत पिताको विदेशमा लगानी कोषमा क्यामरनको हिस्सा नरहेको स्पष्टिकरण दिएको छ । विदेशी ट्रष्टमा आफ्नो पैसा र शेयर नभएको क्यामरनले बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.