-->
मधेसी मोर्चाले घोषणा गर्यो ठूलो आन्दोलन- कालो झण्डा गाड्नेदेखि सिंहदरबार घेर्नेसम्म अब नाकाबन्दी भने नगर्ने

काठमाडौं, १० वैशाख । मधेसवादी दल आबद्ध संयुक्त गठबन्धनले ८ बुँदे देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
शुक्रबार संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको बैठकले मधेसवादी दलहरुको संयुक्त बैठकले वैशाख १५ देखि जेठ १ गतेसम्मका लागि ८ बुँदे संषर्घका कार्यक्रमहरुको घोषणा गरेको हो ।
मधेसका मागहरु पुरा गर्नका लागि गठबन्धनले कालो झण्डा गाड्नेदेखि सिंहदरबार घेर्नेसम्मका कार्यक्रम ल्याएको हो । तर, अब नाकाबन्दी गर्ने कुनै कार्यक्रम नभएको गठबन्धनले जनाएको छ ।
आन्दोलनका अन्य कार्यक्रममा सरकारी कार्यालयमा विरोध स्वरुप कालोझण्डा देखाउने, देशभर विरोध र्याली, कोणसभा र आमसभा गर्ने, प्रमुख क्षेत्रीय सहरमा विरोधसभा गर्ने र सिंहदरबार घेर्ने रहेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.