-->
सिंहदरबारभित्रै रक्सीको खोलो !

काठमाडौं, १० वैशाख । सरकारले केही दिनभित्रैमा काठमाडौं तराई द्रुत मार्ग कसलाई दिने भन्नेमा आवश्यक निर्णय गर्दैछ ।
लामो समयदेखि भारतीय कम्पनीलाई दिने भनिदै चर्चामा रहेको सो परियोजना कुन मोडलमा कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्ने तयारी गरिरहेको बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने ठूलो चलखेल सुरु भएको जनआह्वान साप्ताहिकले समाचार छापेको छ ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा छन् विजयकुमार गच्छदार । उनीभन्दा चरम खुरापातमा सिद्धहस्त मानिएका अर्जुनबहादुर कार्की सचिवका रुपमा रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरण डुबाउनेदेखि भूकम्पको समयमा त्रिपालको समेत राम्रै गरी तर मारेको सक्षमता उनको रहेको छ ।
पछिल्लो दिनमा द्रुत मार्गको विषयमा निर्णय हुन लागेको थाहा पाएपछि विभिन्न व्यापारीहरु ब्ल्याक लेबल बोकेर सचिव कार्कीको कार्यकक्षमा नै पुग्ने गरेको बताइन्छ ।
उनको सचिवालयमा रहेका एक अधिकृतकाअनुसार सचिव कार्कीलाई प्रभावमा पार्नका लागि विभिन्न स्रोतको समेत परिचालन गरिएको छ ।
द्रुत मार्ग ठूलो परियोजना भएकाले मोटै रकम कमिसन समेत आउने भएकाले विभिन्न रुपमा सचिव कार्कीलाई प्रभावमा पारेर दुनो सोझ्याउने प्रयास गरिएको छ ।
सचिव कार्की पनि कोसेली पात लिएर आउने सबैलाई पालैसँगै भेट्दै तिमीलाई नै द्रुत मार्ग तिमीलाई दिउला नी भन्दै फकाउने गरेका छन् ।
भारतीय ठेकेदारसँग सचिव कार्कीको बाक्लो उठबस रहेको छ । उनले जसले बढी कमिसन दिन्छ त्यसैलाई सो आयोजना दिने भन्दै बार्गेनिङ सुरु गरेका छन् । सडक विभागमा भाइ कार्की छन् , अख्तियारमा दाइ कार्की छन् ।
कोही छैनन् छेकबार लगाउने, उपप्रधानमन्त्री समेत रहेका गच्छदारलाई राम्रैसँग पट्टयाएका छन्, सचिव कार्कीको सचिवालयमा रहेका एक अधिकृतले भने , सचिव ज्यूलाई कोही कसैले हल्लाउन सक्दैन । सबैतिर मिलाउनु भएको छ ।
पछिल्लो समयमा सचिव कार्कीले गच्छदारलाई समेत टेर्न छाडेका छन् । आफै सबै कुराको मेसो मेलो मिलाउने र मन्त्रीलाई जानकारी नै नदिइ कमाउ धन्दा चलाउने गरेपछि सचिव कार्की र मन्त्री गच्छदारको सम्बन्ध बिग्रिएको बताइन्छ ।
कालो झोलामा विदेशी रक्सीको बोतल बोकेर सचिव कार्कीको कोठामा छिर्नेसँग सचिव कार्की ठूला ठूला स्वरमा हाँस्दै बस्ने गरेका छन ।
जिल्लाबाट आएका समान्य नागरिकलाई भने उनले सचिव व्यस्त हुनुहुन्छ आज भेटन मिल्दैन भन्दै फर्काउने गरिएको छ ।
जनतालाई व्यस्त भन्दै फर्काउने सचिव कार्कीको विषयमा मुख्यसचिव सोमलाल सुवेदी समक्ष समेत उजुरी परेको छ । तर मुख्य सचिव सुवेदी समेत कार्कीलाई सचेत गराउने पक्षमा रहेका छैनन् ।
आफूभन्दा ठूलो स्थानबाट दबाव आउने भएकाले मुख्य सचिवले पनि सचिव कार्कीको अराजकतालाई नियन्त्रण गर्न नसकेको बताइन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.