-->
बार्सिलोना पराजित भएपछि उपाधि होड खुल्ला

काठमाडौं । स्पनेनिस ला लिगामा लिग लिडर बार्सिलोना लगातार दुई खेलमा पराजित भएपछि ला लिगा उपाधि होड खुल्ला भएको छ । इएल क्लासिकोमा हारेको एक हप्तामै बार्सिलोना गएराती रियल सोसियाडसँग बार्सिलोना स्तब्धपूर्ण रुपमा १–० गोल अन्तरले पराजित भएपछि उपाधि होड खुल्ला भएको हो ।
सोसियाडको जितको लागि खेलको पाँचौ मिनेटमा ओएरजाबालले गरेको गोल नै निर्णायक हुन पुग्यो । निरन्तर प्रयास गरे पनि बार्साले गोल गर्न सकेन ।
३२ खेल सकिंदा बार्सिलोना अब दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिभन्दा तीन अंक तेस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा चार अंकले मात्र अघि छ । उपाधि जोगाउनका लागि बार्सिलोनाले बाँकी ६ खेल सबै जित्नुपर्नेछ ।
आ आफ्ना खेलमा रियल म्याड्रिडले आइबरलाई ४–० र एथलेटिकोले इस्प्यानियोललाई ३–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.