-->
ठमेलका ८ मसाज सेन्टरमा प्रहरीको छापा

काठमाडौं, ५ बैशाख । काठमाडौं ठमेलका ८ मसाज केन्द्रमा प्रहरीले छापा मारेर बन्द गराएको छ । सोह्रखुट्टे प्रहरीले आइतबार छापा मारेर ठमेलका नेचुरल हर्वल, सगरमाथा स्पा, एभरेष्ट स्पा बडी केयर सेन्टर, सगरमाथा स्पा वेल सेन्टर, आयुरवेदिक स्पा, एभरेष्ट स्पा, नेचुरल स्पा एण्ड मसाज र युनक बडी केयर मसाज सेन्टर बन्द गराउको हो ।
बन्द गराईएका सबै मसाज सेन्टर मापदण्ड विपरित संचालन गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले बताएका छन् । उनीहरुसँग मसाज र स्पा संचालनको प्रमाणपत्रसमेत नभएको राठौंरको भनाई छ । बन्द भएका ति मसाज सेन्टरमा अनैतिक कृयाकलापसमेत हुने गरेको प्रहरीको भनाई छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.