-->
इतिहास रच्दै म्यान सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौंः इङ्लिस क्लब म्यानचेस्टर सिटी उसको इतिहासमै पहिलो पटक युईएफए च्याम्पियन्स लिगको सेमिफाइनल अर्थात अन्तिम चारमा पुग्न सफल भएको छ ।
बुधबार बिहान घरेलु मैदान एतिहाद स्टेडियममा भएको च्याम्पियन्स लिगको अन्तिम चारका लागि भएको दोस्रो लेगमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनलाई १–० ले पराजित गर्दै सिटीले क्लब इतिहासमै पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको हो ।
पिएसजीको मैदानमा भएको पहिलो लेगको खेल २–२ को बराबरीमा टुंगिएको अवस्था सिटीले गोलरहित बराबरी खेलेपनि अवे गोलका आधारमा अघिल्लो चरण पुग्ने अवस्था थियो ।
तर खेलको शुरुबाटै पिएसजीमाथि दबाब बनाएको टिसीले यो जितपछि समग्रमा ३–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
सिटीलाई सेमिफाइनलमा पुर्याउने क्रममा खेलको ७६ औं मिनेटमा केभिन डे ब्रुनेले निर्णायक गोल गरे । उनले डी बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टाको बायाँ दिशा च्यापी पिएसजीका खेलाडीलाई जिल्ल पार्दै गोलमा परिणत भएको थियो ।
यसअघि खेलको ३० औं मिनेटमा पाएको पेनाल्टीलाइ सर्जियो अग्वेरोले गोलमा परिणत गर्न नसक्दा अग्रता लिन नसकेको सिटीले चुक्चुकाउनुपरेको थियो ।
कप्तान भिन्सेन्ट कोम्पनीबिना खेलेको सिटीले उसका प्ले मेकर याया टुरेलाई पनि खेलको अन्त्यतिर मैदानमा उतारेको थियो ।
ज्लाटान इब्राहिमोबिक र एडिन्सन काभानीले गोलको प्रयास गरेपनि उनीहरु सफल हुन नसकेपछि पिएसजीको च्याम्यिन्स लिगको यात्रा यो सिजन पनि क्वाटरफाइनलमै टुंगियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.