-->
भूमध्य सागरमा डुंगा डुब्यो, ५ सयको मृत्यु

एजेन्सी–भूमध्य सागरमा आप्रवासीले भरिएको डुंगा पाँच सयको मृत्यु भएको छ। सो दुर्घटनामा जिवित रहन सफल ४१ जनाले बीबीसीलाई जानकारी दिए मानव तस्कर जुन डुंगाबाट उनीहरुलाई स्थानान्तरण गर्दै थिए सोही डुंगा भूमध्य सागरमा डुबेको हो ।
तर यसको आधिकारिक पुष्टि हुन भने बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ। सो डुंगामा सवार अधिकांश पूर्वी अफ्रिकाका हुन्। अहिले उनीहरुलाई ग्रीसको एक सहर कालामाटामा राखिएको छ।
यसअघि भएको अर्को डुंगा दुर्घटनामा लिवियाको तटमा ६ आप्रवासीको शव पाइएको थियो। सो दुर्घटना यो वर्ष आप्रवासीले भरिएको डुंगा दुर्घटना सबैभन्दा ठूलो हुनसक्ने बीबीसीले उल्लेख गरेको छ। तर सो घटनाको स्वतन्त्र रुपमा भने पुष्टि हुन सकेको छैन्। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले ट्विटमार्फत डुंगा दुर्घटनाको जानकारी सत्य नभएको जनाएको छ।
इजिप्टमा बस्ने एक सोमाली महिलाले बीबीसीलाई दिएको जानकारी अनुसार आइतबार युरोप जान निस्किएका आफ्ना तीन नातेदारको सोही डुंगा दुर्घटनामा मृत्यु भएको जानकारी दिइन्।
डुंगा दुर्घटनाको समाचार सार्वजनिक भएपछि सोमालिया र आफूँलाई स्वतन्त्र राज्य घोषणा गरेको सोमालील्याण्ड गणराज्यका राष्ट्रपतिले दुर्घटनाप्रति समवेदना प्रकट गरेका छन्। युरोपेली संघको सीमा एजेन्सी फ्रंकेक्सले भने,' पछिल्लो ६ महिनामा करिव १० हजार मानिसले इटली जाने कोशिस गरे। जवकी २०१५ मा यो संख्या २५ सय थियो।'
गतवर्ष लिबिया र लाम्पडुसा द्विपकोबीचमा आप्रवासी सवार एक डुंगा डुब्दा त्यसमा सवार ८ सय मानिसको मृत्यु भएको थियो। संयुक्त राष्ट्रसंघका अनुसार एक लाख ८० हजार मानिस यो वर्ष युरोप जाने कोशिस गरिसकेका छन्। जसमा ८ सयको निधन भइसकेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.