-->
रत्नपार्कको आम्दानी एकै दिन एक लाख

काठमाडौँ– नयाँ वर्षको पहिलो दिन बुधबार रत्नपार्कको आम्दानी रु एक लाख तीन हजार भएको छ । यो अहिलेसम्मकै धेरै हो ।
रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार तीन हजार ६०२ सर्वसाधारण र ९० जना विद्यार्थी पार्क अवलोकनका लागि आएका थिए । नयाँ व्यवस्थापन र निःशुल्क इन्टरनेट सुविधा भएका कारण उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् ।
पार्कमा गत वर्ष चैत ५ गतेबाट निःशुल्क इन्टरनेट राखिएको थियो । “अन्य दिन पार्कको सरदर आम्दानी रु २५ हजारसम्म मात्र हुन्थ्यो” केसीले भने । यहाँ विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि रु २५ प्रवेश शुल्क तोकिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.