-->
‘सुते पनि भोकले ब्युँझेर राति खानेकुरा माग्दै रुन्छन्’

काठमाडौं, २ वैशाख । हरेक वर्ष गर्मी महिना आएपछि खैराङकी इन्द्रकुमारी चेपाङलाई अनिकालले पिरोल्न थाल्छ । २१ वर्षमा टेक्दै गर्दा पाँच सन्तानकी आमा बनिसकेकी छन्, उनी ।
खैराङ– २ स्थित भूकम्पले आधा पाखो भत्काएको घरमै बस्दै आएकी अनको काँधमा आफ्ना चार सन्तान, दिदीको एउटा छोरा र बृद्ध सासुससुराको हेरचाह र बिहान बेलुका खाना पकाएर खुवाउने जिम्मेवारी छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
पति रमेश चेपाङले ज्याला मजदुरी गरी ल्याएको कमाईले उनको परिवार चल्दै आएको छ ।
इन्द्रकुमारी त प्रतिनिधि पात्र मात्र हुन् । उनको जस्तै पीडा खैराङका अधिकांश चेपाङको छ ।
इन्द्रकुमारीलाई प्रत्येक वर्ष गर्मी महिना सुरु भएसँगै अनिकालबाट बालबच्चालाई कसरी जोगाउने भन्ने चिन्ताले सताउँछ । ‘घरमा खानेकुरा छैन, सासूससुरा त समस्या बुझेर भोकै पनि सुत्छन्’, उनले भनिन्, ‘तर बालबच्चा भोकै सुत्न मान्दैनन् । सुते पनि भोकले ब्युँझेर राति खानेकुरा माग्दै रुन्छन्, दिने कुरा केही छैन ।’
चार वर्षअघि अनिकालमै समयमा सुत्केरी भएकी उनले दुखेसो पोख्दै भनिने, ‘आफू मृत्युको मुखबाट बच्न सफल भए पनि बच्चालाई बचाउन सकिनँ ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.