-->
भारतीय विदेश सचिवसँग देउवाले भने, ‘म तपाईहरुकै छोरा हुँ, तपाईहरुको आदेश नमाने कसको मान्ने ?’


काठमाडौं, । भारतीय विदेश सचिव एस जयशंकर र नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटका क्रममा भएको गोप्य कुराकानी बाहिर आएको छ । जयशंकर र देउवाबीचको भेटमा देउवाले आफू भारतको निर्देशन अनुसार नै अघि बढ्ने दृढ विश्वासको आधार विदेश सचिवलाई दिएको देउवा निकट उच्च स्रोतले बतायो । ‘म तपाईहरुकै छोरा नै हुँ, बल्ल ठाउँमा आइपुगे’ देउवाको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘म भारतकै सल्लाह, सुझाव र निर्देशन अनुसार अघि बढ्छु ।’ देउवाले अबका हरेक काममा भारतको सहयोग र सुझाव लिने समेत जयशंकरलाई सुनाएका थिए ।
जयशंकरले अब सरकारको नेतृत्व देउवाले गर्नुपर्ने बताएका छन् । देउवासँगको कुराकानीमा उनले हिन्दु राष्ट्रको मुद्दा समेत अझ सशक्त ढंगबाट उठाउनुपर्नेमा जोड दिएको बताएका छन् । उनले भारतको चाहना देउवालाई प्रधानमन्त्री बनाउनु रहेको बताइएका थिए । देउवाले जयशंकरलाई दिएको यो विश्वासले राजनैतिक वृत्तमा नयाँ तरंग ल्याएको छ ।
खबरटाइम्सबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.