कपाल मानिसको सौन्दर्य पनि हो । राम्रो कपालले व्यक्तित्वमा नै प्रभाव पार्छ । त्यसका लागि कपाल सफा र चम्किलो राख्नु महत्वपूर्ण हुन्छ । बजारमा कपालका लागि विभिन्न किसिमका तेल, स्याम्पु तथा विभिन्न औषधि पनि पाउन सकिन्छ ।
कपाल झर्नु तथा धेरै चाँया पर्नु एक किसिमको रोग नै हो । यो काइयो, तेल, तौलिया, टोपी, काँटा लगायतका सामाग्रीबाट सर्छ ।
कपाल झर्ने तथा चाँया पर्ने मुख्य कारण सरसफाईमा ध्यान नदिनु हो । यसबाहेक बिभिन्न किसिमका स्याम्पो, साबुन, कपाल रंगाउने कलर, बढी तातो पानीले नुहाउनु र केही रोगको कारण पनि कपाल झर्ने तथा चाँया पर्ने हुनसक्छ ।
कतिपय मानिसलाई औषधिका कारण पनि यस्तो समस्या देखिन सक्छ ।
रोग वा औषधि बाहेकको कारणले कपाल झर्ने वा चाँया पर्ने समस्या भएमा खानपान तथा घरेलु तरिकाबाट पनि छुटकारा पाउन सकिन्छ । अमाला वा अमलाको रस हरेक दिन बिहान बेलुका खाने, अमलाको लेप लगाउने गर्दा पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । रिट्ठा वा अमलाको रसले नुहाउने, शुद्ध तोरी वा बदामको तेलले कपाल मालिस गर्दा पनि यो समस्या कम हुन्छ ।
बढी नै कपाल झर्ने तथा चाँया पर्ने समस्या छ भने तारेको, भुटेको खाने कुरा कम खाने, बढी चिल्लो तथा पुराना अचार नखाने र पानी प्रशस्त पिउदा पनि यो समस्या कम हुन्छ । यसबाहेक ताजा फलफुल खाने, नियमित व्यायाम गर्ने, धुम्रपान र मद्यपान छाड्दा पनि यो समस्या हटेर जान्छ । घरेलु उपायबाट पनि यो समस्या निको नभए चिकित्सकलाई देखनउनु पर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...