एजेन्सी । चेतनशिल प्राणी यौन नभई नहुने बस्तु हो । यौन सन्तुष्ठिका लागि मानीसले विभिन्न दुःख कष्ठ भोग्ने गरेका छन । यौन असन्तुष्ठीका कारण कयौ मानीसको घरबार समेत बिग्रने गरेको छ । के गर्यो भने मानीसको यौनजीवन सन्तुष्टिपुर्ण हुन्छ, यो जो कोहीलाई पनि जान्न मन लाग्ने विषय हो । तपाईसँग भएको जिज्ञाशा मेटनका लागि उल्लेखित कुरामा ध्यान दिनुहोसः
खानपानः सेक्स जीवनका लागि पौष्टिक खानपिन निकै आवश्यक पर्छ । अण्डा, जैतुनको तेल, एवोकाडो, डार्क चकलेट, कुरिलोजस्ता खानाले सेक्स पावर बढ्ने विश्वास गरिन्छ ।
निद्राः यौन जीवनसँग निद्राको निकै गहिरो सम्बन्ध हुन्छ । राम्रोसँग निदाउन सक्नुहुन्न भने तपाईंको यौन जीवन उत्साहजनक हुन सक्दैन । पर्याप्त निदाउन नसक्ने मानिसले सेक्सका लागि आवश्यक पर्ने ऊर्जा तथा बल हासिल गर्न सक्दैन ।यस्तो मानिस सेक्सप्रति त्यति उत्साहित हुँदैन पनि ।
आरामः शरीर र मनलाई आराम मिल्यो भने शरीरमा सेक्स हार्मोनको स्राव बढ्न जान्छ । चिन्तित मानिसको शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन नहुने भएकाले आराम गरेर शरीरमा सेक्स हार्मोन पर्याप्त उत्सर्जन गराई यौन जीवनलाई भव्य बनाउन सकिन्छ ।
व्यायामः शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ । सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ । साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ । व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ ।
मुडः बिग्रिएको मुड लिएर तपाईं सेक्समा सक्रिय हुन सक्नुहुन्न । त्यही भएर कुनै कारणले मुड खराब छ भने सेक्सका लागि तयारी गर्ने योजनामुताबिक रात पर्दै गएपछि मुड सुधार्दै लैजानुस् । जब रात ढल्कदै जान्छ तब तपाईको मुड सुधारेर सेक्समा सरिक हुनुभयो भने यसले तपाईंको मुडलाई अझ राम्रो बनाउन मद्दत पु¥याउँछ ।
गीतः सेक्सलाई सुमधुर बनाउन सानो ध्वनिमा गीत बजाउनु पनि राम्रो हुन्छ । रोमान्टिक गीत चयन गर्नुस् ।
कपडाः राती सुत्दा तपाईंले लगाउने कपडाले पनि तपाईंको सेक्स मुड बनाउन भूमिका खेल्ने गर्छ । राती सुत्ने बेलामा लगाउनका लागि बजारमा पातलो मुलायम कपडाको नाइट ड्रेस पाइन्छ । यस्तो पहिरन लगाएर ओछ्यानमा पल्टनुभयो भने तपाईंको पार्टनरलाई सेक्सका निम्ति उत्साहित बनाउँने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...