५ बैशाख, एजेन्सी ।
साउदी अरवले अमेरिकालाई साउदी अरेवियाविरोधी कुनै पनि कानून पास गरेमा आफ्नो अमेरिकामा रहेको सबै सम्पति बेचिदिने चेतावनी दिएको छ ।
ओबामा प्रशासनलाई साउदीले बुझाएको पत्रमा अमेरकाले ११ सेप्टेम्बरको आक्रमणका लागि साउदी अरवलाई दोष लगाउने कुनै पनि कानुन पास गरेर सम्पति रोक्का गरिदिने अवस्था आउने संकेत पाएमा त्यस्तो सम्पति बेचिदिने स्पष्ट पारेको हो ।
न्यूयोर्क टाइम्सका अनसार ओबामा प्रशासनले डेमोक्र्याट र रिपब्लिकन सांसदलाई यो विधेयक रोक्न आग्रह गरिरहेको जनाएको छ ।
साउदी अरेवियालाई ढुङ्गे युगमा फर्काइदिने रुसको चेतावनी
रुस र इरानमा तेल बम प्रहार गर्दै अमेरिका र साउदी अरेविया
सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकबादी आक्रमणका लागि साउदी सरकारका कतिपय अधिकारीहरुले नै आर्थिक सहयोग गरेको आरोप सहित साउदीका कतिपय ब्यक्ति तथा कम्पनीको अमेरिकामा रहेको सम्पति फ्रिज गर्ने तयारी अमेरिकाले गरेपछि साउदीले यस्तो चेतावनी दिएको हो ।
साउदी र अमेरिकाबीच पछिल्लो समयमा तनाव बढेको संकेत समेत देखिएको छ । साउदीलाई भड्किन नदिन ओबामा प्रशासनले प्रस्तावित विधेयक रोक्ने प्रयास थालेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...