चैत २०, आफ्नै श्रीमानले जवरजस्ती गरेको भन्दै ओखलढुंगामा एक महिलाले प्रहरीमा उजुरी गरेकी छिन् ।
पहिलो पटक श्रीमानले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा श्रीमतिले वैवाहिक बलात्कारको घटना दर्ता गरेको प्रहरीले बताएको छ ।
च्यानम ८ का २९ वर्षिय नारायण वहादुर बस्नेत विरुद्ध उनकी २४ वर्षिय श्रीमतीले बलात्कार गरेको आरोपमा उजुरी गरेकी हुन् । उजुरीमा मादक पदार्थ सेवन गरी कुटपिट गर्नुका साथै यौन जन्य हिंसा गर्ने गरेको बताइएको छ ।
बारम्वार यस किसिमको घटना हुने गरेको र प्रहरी चौकि कोषहाटमा मिलापत्र गराइएको भएपनि चैत्र १५ मा जवरजस्ती वलात्कार गरेका कारण मुद्धा दर्ता गराएको महिलाको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुगांले आरोपि श्रीमान बस्नेतलाई जिल्ला अदालत ओखलढुगां लगी म्याद थप गरीएको जानकारी लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
श्रीमानले श्रीमतिको स्विकृतिविना यौन सम्बन्ध राख्न नपाईने कानुनी प्रावधान छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...