-->
लोकतन्त्रवादीलाई बारमा दुई तिहाइ

काठमाडौं – वाम वर्चस्वसहितको सत्ता गठबन्धनलाई पराजित गर्दै लोकतन्त्रवादी समूहका शेरबहादुर केसी अधिकांश पदाधिकारीसहित नेपाल वार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका छन् ।
२५ सदस्यीय बार कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लोकतन्त्रवादी समूह अध्यक्ष , उपाध्यक्ष र महासचिवसहित १९ पदमा विजयी भएको हो । एमाले निकटका कानुन व्यवसायी दुई केद्रीय सदस्य मात्रै विजयी भएका छन् भने एमाओवादीनिकट कानुन व्यवसायी तीन उपाध्यक्ष पदमा विजयी भएका छन् । चुनावी मैदानमा एमाले, एमाओवादी , साना वाम घटक र राप्रपासहितको गठबन्धन थियो भने कांग्रेसनिकट लोकतन्त्रवादी कानुन व्यवसायी एक्लै प्रतिस्पर्धामा उत्रेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.