-->
संघीय गठबन्धनले आज आन्दोलन घोषणा गर्दै : यस्ता छन् कार्यक्रम

काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र आदिवासी जनजाति सम्मलित गठन भएको संघीय गठबन्धनले आज आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
बैशाख १५ गतदेखि जेठ १ गतेसम्मका विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् । विहान ११ बजे गठबन्धनको बैठक बसी कार्यक्रमलाई अन्तिम रुप दिई दुई बजे पत्रकार सम्मेलन गरी कार्यक्रम घोषणा गर्न लागेको बताइएको छ ।
बैशाख १५ गते प्रत्येक जिल्लामा सिडिओलाई ज्ञापनपत्र बुझाउने, १७ गते जिल्ला सदरमुकाममा कालो झण्डा देखाउने, १९ गते जिल्ला सदरमुकाममा र्याली प्रदर्शन गर्ने, २१ गतेदेखि ३१ गतेसम्म देशका विभिन्न प्रमुख शहरमा विरोध सभा गर्ने र जेठ १ गते विभिन्न जिल्लाका कार्यकर्ताहरु ल्याई काठमाडौं केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
साथै आन्दोलन परिचालनका लागि एउटै छुट्टै समिति बनेको छ त्यसमा दलका अध्यक्षहरु मात्र रहेका छन् भने आन्दोलनलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्नका लागि प्रादेशिक जिम्मेवारी पनि तोकिने स्रोतले जनाएको छ । सम्भवत दुई नम्बर प्रदेशको जिम्मेवारी मधेशी मोर्चाले पाउने बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.