-->
सशस्त्रका कामु आईजिपी नेपाली सेनाका भगौडा

काठमाडौं–नागरिकता र मानवअधिकार उल्लङ्घन लगायतका विषयमा विवादमा तानिँदै आएका सशस्त्र प्रहरी बलका कायममुकाय महानिरीक्षक दुर्ज कुमार राई पुनः अर्को विवादमा तानिएका छन् ।
तथ्य एवं लिखित प्रमाणअनुसार सशस्त्र प्रहरी बलमा कामु आईजिपी पदमा कार्यरत राई नेपाली सेनाको भगौडा रहेको खुल्न आएको हो ।
नेपाली सेनाको रेकर्डअनुसार काम आईजिपी राई सेनाको भगौडा रहेको खुलेपछि पछिल्लो समय उनलाई सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त गर्न सरकार समेत हच्किएको स्रोतको दावी छ ।
दुर्जधन वान्तवा राईको नाममा जन्ममिति २०१८ साल मंसिर १ गते दावी गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २०३९ साल चैत १५ मा १९३२/५९९९ नम्बरको नागरिकता लिएको र २०५५ साल माघ ९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिँदा नाम परिवर्तन गरेर दुर्जकुमार राई कायम गरी १९३२/५९९९/४६७४ नम्बरको नागरिकता लिएको विवादमा समेत उनी मुछिएका थिए ।
नेपाली सेनाको भगौडा रेकर्डमा राईको नाम रहेपनि अनेक जालझेल गरेर नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा २०४३ साल फागुन ३२ गतेदेखि सेवा प्रवेश गरेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.