हामी सबथोक सफासुघ्गर राख्छौं । तर, कहिलेकाहिँ साना कुरामा गल्ती गर्छाैं र फोहोरबाट उत्पन्न हुने रोगबाट जोगिन सक्दैनौं । यी ६ वटा कुरा पनि तीभित्रै पर्छन् । जुन हामीले वास्ता गर्दैनौं । यी सामग्रीलाई सफा गर्न केही मिनेट छुट्याउदा यसले हामीलाई ब्याक्टेरियाका साथै सम्भावित रोगबाट मुक्त बनाउन सक्छ ।
घरभित्रको प्रवेशद्धारः घरको भित्री प्रवेशद्वारलाई सधैं सफा राख्नुपर्छ । घरमा बस्दा आराम वा तनाबको वातावरण प्रवेशद्वारको अवस्थाले देखाउँछ ।
भाँडा पुछ्ने गम्छाः अधिकांश मानिसले भाडा पुछ्ने गम्छालाई भात पकाउँदा हात पुछ्न प्रयोग गर्छन् । मानिसको हात फोहर तथा ब्याक्टेरियाजन्य हुनाले भाँडा पुछ्ने गम्छाले हात पुछ्नु हुदैन । भाँडा पुछ्ने रुमालमा हातका ब्याक्टेरिया फैलिइ रोग लाग्ने सम्भावना हुन्छ । हरेक दिन किचनको डिस टावेललाई हरेक सफा गर्नुहोस् ।सम्भव भएसम्म तातो पानीले सफा गर्नुहोस् ।
पानी सोस्ने फर्मः फर्ममा फोहर ब्याक्टेरिया र किटाणू हुन्छन् । किचनका करिब ९९ प्रतिशत ब्याक्टेरिया यो फर्मभित्र रहने भएकोले यसलाई राम्रैसँग पखाल्नुपर्छ । फर्मलाई पाँच मिनेट पानीमा डुबाएर उमालिदिदा किटाणूहरु मर्ने उनी बताउँछन् ।
किचन र बाथरुम काउन्टरः किचनबाट बाथरुमसँग आउने स्थानको सरसफाईलाई पनि विशेष बिचार पुर्याउनुपर्छ । यो स्थानमा बारम्बार स्प्रे छर्नुपर्छ । बाथरुमबाट आउँदा हात र खुट्टामा ब्याक्टेरिया आउने भएकोले किचन र बाथरुम ओहोर–दोहोर हुने ठाउँ विशेष सफा राख्नुपर्छ ।
रिमोट कन्ट्रोलः रिमोट कन्ट्रोलमा फोहर र व्याक्टेरियाको खानी नै हो । हरेक दिन बिहान रिमोट कन्ट्रोललाई स्पे्र गरेर नरम कपडाले पुछ्नुपर्छ । त्यस्तै सेल फोनलाई पनि दैनिक रुपमा पुछेर सफा गर्नुपर्छ ।
हाते ब्यागः तपाईंको हाते ब्याग रेस्टुरेन्टमा बसेको होला । सार्वजनिक शौचालयको बाथरुममा झुन्डाउनु भयो होला, पसलमा जाँदा काउन्टरमा राख्नु भयो होला र घरमा ल्याउँदा किचनमा राख्नुहुन्छ । हाते ब्यागमा निकै ब्याक्टेरिया हुने भएकोले यसलाई दैनिक सफा गर्ने गर्नुपर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...