-->
६ मिनेटको तीन गोलले जितायो

चैत २९ – टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदारी कायम राखेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएर टोटनह्यामले लिगका पाँच खेल बाँकी हुँदा उपाधि दाबेदारी कायम राखेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको टोटनह्यामका खेलाडीले दोस्रो हाफमा ६ मिनेट भित्र तीन गोल गरे । ७० औं मिनेटमा डेल अल्ली, ७४ औं मिनेटमा टोबी अल्डवेरल्ड र ७६ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटनह्यामलाई ३–० को जित दिलाए । जितपछि टोटनह्यामको समान ३३ खेलबाट ६५ अंक भएको छ । टोटनह्याम शीर्ष स्थानको लिसेस्टर सिटी भन्दा सात अंकले पछि छ । लिसेस्टरको ३३ खेलबाट ७२ अंक छ । टोटनह्यामसँग पराजित भएको म्यानचेस्टर युनाइटेड ३२ खेलबाट ५३ अंकसहित पाँचौं स्थानमा छ । शनिबार राति नै भएको अर्को खेलमा लिभरपुलले स्टोक सिटीलाई ४–१ ले हरायो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.